हेटौंडामा बोलेरो दुर्घटना : चालकको मृत्यु

लोकपथ
189
Shares

हेटौँडा । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौंडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा हेटौँडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?