बैतडी समन्वय समितिमा गठबन्धन हुने, एमालेसँग ८ र गठबन्धनसँग ११ भोट

लोकपथ
715
Shares

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ ।

१० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने २ भोट नेकपा माओवादी केन्द्रसँग छ । एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ ।

स्वतन्त्रबाट डिलाशैनी गाउँपालिकामा अध्यक्ष बनेका सन्तोष प्रकाश जोशी भने यसअघि नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्यका साथै राष्ट्रिय युवा संघका प्रदेश कमिटी अध्यक्षसमेत थिए । पार्टीबाट राजीनामा दिएर चुनाव लडेका उनले अहिले एमालेलाई सहयोग गर्ने वा नगर्ने विषयमा मुख खोलेका छैनन् । तर, कार्यपालिकामा भने कांग्रेससँग मिलेर बनाएका छन् ।

यसरी कांग्रेस माओवादीको गठबन्धनले नै जिल्ला समन्वय समिति बनाउने देखिन्छ । गठबन्धनलाई स्वतन्त्रबाट जितेका अध्यक्षले साथ दिएमा एक सदस्य स्वतन्त्रलाई दिने गठबन्धन दलहरूको सहमति छ ।

गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्रसिंह धामीलाई समन्वय समिति प्रमुख र माओवादीका दमन कुवरलाई उपप्रमुखका लागिअघि सारिएको छ ।

नेकपा एमालेले समेत मोहन थापालाई प्रमुख पदमा अघि सार्ने तयारी गरेको छ । तर, गठबन्धनसँग ११ मत रहेकोमा कुनै आश्चर्य नभएमा समन्वय समितिका लागि प्रष्ट बहुमत देखिन्छ ।

यता एमालेले २मत मात्रै रहेको माओवादीलाई प्रमुख पद दिएर पनि गठबन्धन गर्न सक्ने कुरा सुनिन्छ तर उक्त कसरतमा एमाले कत्तिको सफल हुन्छ त्यो समयले बत्ताउँछ । गठबन्धनले भने, ४ सदस्य काग्रेस, २ माओवादी र १ स्वतन्त्रलाई दिने जनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?