ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । ठगी सम्बन्धि मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुरको साविक बडिखेल गाविस वडा नं ४ परिर्वर्तित गोदावरी नगरपालिका वडा नं ४ बस्ने ४८ बर्षिय जीवन कुमार केसीलाई पक्राउ शुक्रबार पक्राउ गरिएको हो ।

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोजिना शाक्य समेत भएको (बिगो एक करोड १९ लाख ८४ हजार पाँच सय रुपैयाँ) ठगी सम्बन्धि कसुरमा फरार रहेका केसीलाई अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंको नयाँ बजार क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका केसीलाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?