तीन सय ९० घण्टाको आर्क वेल्डिङ तालिम सम्पन्न

लोकपथ
182
Shares

काठमाडौं । सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुले सञ्चालन गरेको छोटो अवधी (३९० घण्टा) को आर्क वेल्डिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिमका गरेका सहभागीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालले शुक्रबार एक कार्यक्रमबिच प्रमाणपत्र वितरण गरे । सो अवसरमा उनले महासंघले उनीहरुलाई रोजगारी दिने बताए । नेपालमा सञ्चालित झण्डै ११ हजार ग्रील उद्याेगका लागि दक्ष जनशक्तिको अभावमा उद्योग सञ्चालन गर्न समस्या हुँदै आएकाे छ । यो बेला यस तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भए पनि राहत मिलिरहेको कटवालले बताए । देशभरि सञ्चालित ग्रील उध्योगमा नेपाली भारती बाङ्लादेशी गरी एक लाख ७० हजार जति जनशक्ति कार्यरत छन् भने अझै २० हजार जना जनशक्ति तत्काल आवस्यक रहेको उनले बताए ।

उनले बजारको माग अनुसारको तालिम लिएका जनशक्तिहरुले स्वदेशमा रोजगारि पाउने र विदेश जाँदा पनि राम्रो सेवा सुविधा पाउन यस्ता किसिमको तालिमको महत्व रहेको बताए । उक्त कार्यक्रममा स्कुलका प्रमुख गुणानन्द झाले तालिम लिएका जनशक्तिले स्वदेशमा रोजगारी पाउन भन्ने उदेश्यले निजी क्षेत्रसँग सहकार्य गरेर तालिम सञ्चालन गर्दै जाने बताए ।

तालिमे प्रशिक्षार्थीहरुलाई ओजिटिको लागि निजी क्षेत्रका उध्योगमा समेत पठाउने लक्ष्य लिएको उनले बताए । कार्यक्रममा उपप्रमुख उमा श्रेष्ठले यो छोटो अवधिको तालिम साधारण लेखपढ गर्नसक्नेदेखि उच्च शिक्षा हासिल गरेकाले आफ्नो घरबाट नै तालिममा जानसक्ने र खाजा भत्तासहित नि:शुल्क तालिम पाउने हुदा यस किसिमको तालिमको माग बढदै गएको बताइन् । मेकानिकल प्रशिक्षक इस्वरीलाल श्रेष्ठले विदेशमासमेत काम गरी अनुभव बटुलेका र प्लस टु पास गरेका प्रशिक्षार्थीसमेत तालिम लिन आएको हुँदा तालिम दिन र उनीहरुलाई बुझाउन सहज भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?