काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
बिहीबार उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । त्यससँगै उनका समर्थकहरुले काठमाडौंमा विभिन्न नारासहित विरोध प्रदर्शन गरेका हुन् ।
‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’ लगायतका नाराहरुसहित विरोध प्रदेर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया