काठमाडौं । काठमाडौंको मूलपानीमा एक युवक मृत फेला परेका छन्।
बाजुरा बुढीगंगा गाउँपालिका-९ घर भई कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत फेला परेका हुन्।
काँडाघारीस्थित मोटरसाइकल वर्कशपमा कार्यरत शाही बिहीबार कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी लक्ष्मीनारायण मन्दिर पछाडि शाही मृतक भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमर्टमका लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया