११ चैत्र २०७९, शनिवार

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

२०७४,आश्विन,२९,आईतवार ०६:०६

0
Shares

काठमाडौँ, २९ असोज ।आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ ।कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा आज बिहान १० बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ ।दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११