डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ। शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको हो।
आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजात समेत आगलागीका कारण जलेको छ। बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ।
पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजेतिर आगलागी भएको बताए।
उनले भने, ‘पालिकामा बिहान आगलागी भएको हो। हाम्रो परिवार पालिकाको क्यान्टिनमै बस्दै आएको छ। आगलागी भएको थाहा पाउनेबित्तिकै निभाउनतिर लागेँ। र, थप क्षति हुन पाएन ।’
आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया