१३ चैत्र २०७९, सोमवार

१४ वर्ष मुनिकालाई अपराध गर्न छुट, जघन्य अपराधको कानुनी उपचार–सुधार गृह

२०७५,श्रावण,३०,बुधबार ०६:५७

0
Shares

काठमाडौं । नयाँ अपराध संहिताले जस्तो सुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने ब्यवस्था गरेको छ । बालबालिकालाई कानुनी सजायको भागिदार बन्न १४ वर्ष भन्दामाथिको उमेर तोकिएको छ । 

अपराध संहिता ऐनको दफा ४५ मा १० वर्षभन्दामाथि १४ वर्षमुनिको बालबालिकालाई छ महिनासम्म कैद ब्यवस्था उल्लेख गरिएपनि कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न भनिएको छ । 

त्यस्तै, १४ देखि १६ वर्ष उमेरका बालबालिकाको हकमा भने कसुर अनुसार उमेर पुगेको ब्यक्तिलाई कानुन बमोजिम हुने सजायको आधा सजाय तोकिएको छ । १६ भन्दामाथि १८ वर्षभन्दा मुनिको हकमा उमेर पुगेको ब्यक्तिलाई कानुन बमोजिम हुने सजायको दुई तिहाई सजायको ब्यवस्था गरिएको छ । 

सोही ऐनको दफा ४५ को उपदफा ३ मा १८ वर्ष उमेर नपुगेको बालबालिकाहरुको हकमा जरिवाना वाफतको कैद सजायमा जरिवाना वा कैद सजाय मध्ये एउटा मिनाह गर्नु पर्ने, कैद सजाय निर्धारण गर्नु पर्दा तीन महिनाभन्दा बढी कैद गर्न नहुने ब्यवस्था गरेको छ । 

त्यस्तै, १८ वर्ष मुनिका बालबालिकामाथि अप्राकृतिक मैथुन तथा बालयौन दुराचार गर्ने विरुद्ध तीन वर्ष कैद ३० हजार जरिवानाको ब्यवस्था गरिएको छ । 

बालबालिकालाई बन्धक बनाई राख्ने, दास बनाउने घरेलु कामदारको रुपमा राख्ने, यातना दिने, श्रम शोषण गर्ने विरुद्ध तीनदेखि सात वर्षसम्म कैद सजायको ब्यवस्था गरेको छ । ३० हजारदेखि एकलाख क्षतिपूर्तिको ब्यवस्था गरिएको छ । 

बालबालिकालाई मदिरा तथा सुर्तिजन्य बस्तुको खरिद विक्रीमा लगाउन नपाउने ब्यवस्था गरेको छ । बाल विवाह नियन्त्रण गर्न केटाकेटी दुईटैको उमेर २० वर्ष तोकिएको छ । २० वर्षमुनिको कुनै पनि विवाह स्वत बदर हुने छ । 

उमेर नपुगी विहे गर्ने र गराएमा तीन वर्ष कैद ३० हजार जरिजाना हुने कानुनी ब्यवस्था गरिएको छ । छोरा छोरीमाथि विभेदपूर्ण ब्यवहार गर्ने अभिभावकहरुमाथि पनि कडा कानुनी कारवाहीको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०७५,श्रावण,३०,बुधबार ०६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज

काठमाडौँ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा

काठमाडौं । गएको आइतबारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिबार मण्डिखाटार टेनिस कोर्टमा

काठमाडौं । अल्का अस्पताल जावलाखेल र लाइन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ टु ए को संयुक्त आयोजनामा भएको हेल्दी बेबी प्रतियोगिताको

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६