तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताको लागि बन्द गर्ने

लोकपथ
756
Shares

काठमाडौं । तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। तारा एयरले एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गर्ने निर्णय गर्दै बिहीबार हुने सबै उडान समेत रद्द गरेको छ।

बिहीबारका लागि काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्।

गत आइतबार मात्रै सो एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?