ट्याक्टरको ठक्करबाट बालिका घाइते

लोकपथ
140
Shares

अर्घाखाँची । ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाइते भएकी छन् । लु ४ त ६३६२ नम्बरको ट्याक्टरको ठक्करबाट भूमिकास्थान-३ निवासी १७ वर्षीया निशा भुसाल घाइते भएकी हुन् ।

सन्धिखर्क-१ शान्ति बगैँचा चोकमा बाटोमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएको ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेकी भुसाललाई थप उपचारको लागि बुटवल रिफर गरेको र बिरामीको अवस्था गम्भीर रहेको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?