त्रियुगाको नगर प्रमुखसहित ८१ जनप्रतिनिधिले लिए शपथ

लोकपथ
130
Shares

उदयपुर । त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले शपथ लिएका छन् ।

बुधबार नवनिर्वाचित नगरप्रमुख बसन्तकुमार बस्नेतसहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले शपथ लिएका हुन् । नगरप्रमुख वस्नेतले बोक्सेस्थित कर्मचारी मिलन केन्द्रमा शपथ लिए भने नगर उपप्रमुख महेश्वरी राईलगायत वडाअध्यक्ष सदस्यहरुले त्रियुगा नमूना माध्यामिक विद्यालय गाईघाटको प्रांगणमा सपथ लिए ।

बस्नेतलाई उदयपुर जिल्ला अदालतका न्यायाधीशले शपथ खुवाए भने उपप्रमुख वडाअध्यक्षहरुलाई भने नगरप्रमुख बस्नेतले शपथ खुवाए ।

त्रियुगा नगरपालिकाका ८१ जना जनप्रतिनिधिहरुलाई नगरप्रमुख बस्नेतले शपथ खुवाए । सपथसँगै जनप्रतिनिधिहरु सबैलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?