१. स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै आम निर्वाचनको तयारीमा सरकार, आगामी कात्तिकको अन्तिमदेखि मंसिरसम्म प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी ।
२. माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै अध्यक्ष प्रचण्डद्वारा चिन्ता प्रकट, माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको प्रतिक्रिया ।
३. कर्मचारीको तलब १५ प्रतिशतले समान रुपमा बढ्नु न्यायोचित नभएको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाइ, नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी ।
४. सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा नेकपा एमालेका नेता भानुभक्त ढकालको आशंका, चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको आरोप ।
५. वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्ने खालको भएको सांसद हृदयेश त्रिपाठीको आरोप, राजस्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै आक्रोश ।
६. डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घट्यो, अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने ।
७. राजेन्द्र लिङ्देनले संसदमा उठाए मूल्यवृद्धि नियन्त्रणको विषय, आगामी आर्थिक वर्षको बजेटमा देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको टिप्पणी ।
८. एमालेद्वारा ३ जनालाई पार्टीबाट निष्काशन, पोखरा महानगरपालिकामा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै संगठित सदस्य नरहने गरी कारबाही ।
९. बजेटबारे सत्तापक्षकै सांसद प्रदिप यादवले जनाए आपत्ति, मधेश प्रदेश पूर्णरुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त ।
१०. आफूलाई खुइल्याउन चाहनेहरुको राजनीतिक अभीष्ट पूरा भएको भन्दै रवीन्द्र मिश्रको कटाक्ष, नजिकका मित्र भनिएकाहरुले नै आफूलाई खुइलाएको आरोप ।
११. साताको तेस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लाग्यो, नेप्से परिसूचक ७ दशमलव १९ अंकले घट्दा एक अर्ब ७ करोडको सेयर किनबेच ।
१२. आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’, कपालको गुजुल्टो निकालिएको ६ दिनपछि अस्पतालबाट डिस्चार्ज ।
१३. अमेरिकाको एक विद्यालयको स्नातक समारोहमै गोली चल्दा एक जनाको मृत्यु, तीन जना घाइते ।
१४. इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको टेस्ट सिरिजको पहिलो खेल आज सुरु हुँदै, यो खेलसँगै इंग्लिस क्रिकेटमा एउटा नयाँ अध्याय सुरु हुने । अनुमान
१५. यूईएफए नेसन्स लिगअन्तर्गतको खेलमा आज पोल्यन्ड र वेल्स भिड्दै, बलियो टिमविरुद्ध जित हात पार्ने दाउमा पोल्यान्ड।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया