काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका होटल तथा रेस्टुरेन्टले शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने बनाउन थालेका छन् ।
काठमाडौं महानगरसँगको सहकार्यमा महानगरभित्रका होटल तथा रेस्टुरेन्टले शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने बनाएका हुन् ।
काठमाडौं महानगरका मेयर बोलेन्द्र साहले महानगरभित्रका होटल तथा रेस्टुरेन्टका शौचालयलाई निशुल्क सार्वजनिक रुपमा सञ्चालनको तयारी गरिएको बताएका थिए । मेयर साहले आफूहरुले होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुसँग त्यसबारे छलफल समेत गरिएको बताएका थिए । त्यससँगै केही होटल तथा रेस्टुरेन्टले सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिन थालेका हुन् ।
महानगरसँगको सहकार्यपछि आर एण्ड एक्स ट्याटो एण्ड बारले आफ्नो शौचालय सार्वजनिक रुपमा प्रयोगका लागि खुला गरेको छ । त्यसैगरी अन्यले पनि त्यसको तयारी गरेका छन् ।
मेयर साहले पदभार ग्रहण गरेसँगै पहिलो बैठकमा ३२ वटै वडाका अध्यक्षहरुसँगको बैठकमा त्यसबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया