कर्मचारीको तलव १५ प्रतिशतले समान रुपमा बढ्नु न्यायोचित भएन : पूर्वअर्थमन्त्री पाण्डे

लोकपथ
2.6k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगिको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठिकै भएपनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलव वृद्धि हुनु न्यायोचित नभएको बताएका हुन् । उनले यसरी समान रुपमा तलव वृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्न समेत गरे ।

सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिएपनि एमालेले स्याबासी पाउने बताए। उनले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिएपनि केही फरक नपर्ने बताउनुभयो । उनले वृद्धभत्ता ५ हजार पुर्याएको भएपनि राम्रो हुने तर्क गरे।

उनले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गरे । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उनले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टीने थिए भन्ने कांग्रेसले चाहेको उनले जिकिर गरे ।

सांसद पाण्डेले ६० लाख परिवारलाई इन्डक्श चुल्हो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको बताए । उनले चुनावी फण्ड उठाउनका लागि इन्डक्श चुल्हो वितरणको खेलोमेलो गरिएको हो कि भन्ने आशंका व्यक्त गरे ।

उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?