काठमाडौं । आज विश्व दुध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरुको उपस्थितिमा विश्व दुध दिवसको अवसरमा कार्यक्रम गर्दैछ ।
यसवर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुगध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस मनाइँदैछ । आम नागरिकलाई दुधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
विश्वमा दुध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया