काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या

लोकपथ
2.5k
Shares

काठमाडौं । झापाको भद्रपुरका लागी उडेको बुद्ध एयरको विमानमा समस्या देखिएको छ।

उक्त विमानमा समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार बुधबार बिहान बुद्धको उक्त विमान १०ः४३ बजे काठमाडौंबाट भद्रपुरका लागि उडेको थियो ।

विमानमा समस्या देखिएसँगै उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता गरिएको थियो । सबै यात्रुहरु सकुसल रहेको सिटौलाले
जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?