२१ जेष्ठ २०८०, आईतवार

यी तीन पालिका जसको बागडोर महिलाको हातमा छ

२०७९,जेष्ठ,१३,शुक्रवार १५:३१

1.422k
Shares

काठमाडौं । यस पटकको निर्वाचनमा देशभरका ३ पालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार निर्वाचित भएका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली काँग्रेसबाट उम्मेदवार थिइन् भने उपप्रमुख न्यौपाने नेकपा एमालेबाट उम्मेदवारी दिएकी थिइन् ।

त्यस्तै दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पनि महिला नै निर्वाचित भएका छन् । दुवै जनाले काँग्रेसबाट उम्मेदवारी दिएका थिए । गाउँपालिकाको अध्यक्षमा रीता शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएका छन् ।

कैलालीको लम्की–चुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुख बनेकी सुशीला शाहीले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी थिइन् भने उपप्रमुमा जित निकालेकी जुना चौधरीले एमालेबाट उम्मेदवारी दिएकी थिइन् ।

साथै यसपटकको स्थानीय तह निर्वाचनमा १४ हजारबढी महिला उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगको अनुसार ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१३,शुक्रवार १५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतले प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चले राष्ट्रपतिबाट

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहितका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१