स्थानीय तह निर्वाचन : देशभर १४ हजारबढी महिला जनप्रतिनिधि निर्वाचित

लोकपथ
63
Shares

काठमाडौ । यसपटकको स्थानीय तह निर्वाचनमा १४ हजारबढी महिला उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगको अनुसार ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित भएका हुन् ।

प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकोमा २ हजार ४५५ जना महिला निर्वाचित भए भने मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकोमा २ हजार ७७० जना निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३४७ जना निर्वाचित हुँदा गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवारमा १ हजार ६२२ जना निर्वाचित भए ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित भएका छन् । कर्णाली भने प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित हुन सफल भए । ५ हजार ८५ उम्मेदवार रहेको सुदूरपश्चिम प्रदेशमा १ हजार ५६० जना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?