रुपन्देहीमा डिपोअगाडि रोकिएको दुई ट्यांकरमा आगलागी

लोकपथ
117
Shares

रुपन्देही । रुपन्देहीमा नेपाल आयल निगमको डिपोअगाडि राखिएको दुईवटा ट्यांकरमा आगलागी भएको छ ।

आज (शुक्रबार) बिहान ११ बजेको समयमा लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार डिपोमा ट्यांकरबाट तेल खन्याएपछि अचानक आगलागी भएको हो ।

हाल आगो नियन्त्रण भइसकेको प्रहरीको भनाइ रहेको छ ।

प्रहरीका अनुसार आगलागी भएको मध्ये एउटामा धेरै क्षती भएको छ भने अर्कोमा अलि कम क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?