बालेन साहको विजय जुलुस जारी, भन्छन्– ‘काठमाडौंलाई विश्वकै नमूना सहर बनाउँछु’

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्म विजयी र्‍याली सुरु गरेका छन् ।

राष्ट्रिय सभाबाट सुरु भएको विजयी र्‍याली उनका समर्थकहरुले सहभागिता जनाएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा विजय हासिल गरेका हुन् ।

विजय जुलुसअघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमूना सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । विजय र्‍याली जारी छ । सो र्‍याली तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?