व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

लोकपथ
13
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज धनगढीमा रेमण्ड शपको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले व्यापार, व्यवसायले विकासमा सहयोग पुग्ने उल्लेख गर्दै बढीभन्दा बढी व्यवसाय, उद्योग सञ्चालन हुन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री भट्टले भने, “व्यापार, व्यवसाय विकासको एक पक्ष पनि हो, यसले रोजगारी सिर्जना गर्दछ र हामीले गर्न खोजेको विकासमा सहयोग पनि पुग्ने गर्दछ ।” मानिसले लगनशील भएर व्यवसाय गरेमा सफलता अवश्य नै प्राप्त हुने गरेको मुख्यमन्त्री भट्टले धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?