चार दिनपछि आफन्तले बुझे शव

लोकपथ
0
Shares

टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन् । दोलखाको गौरिशङ्कर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि आज आफन्तले जिम्मा लिएका हुन् ।

मृतकका परिवारसँग आज भएको छलफलबाट टिपर चालकलाई कानूनी कारवाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताइन्।

गौरिशङ्कर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारवाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन् । टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?