१३ असार २०७९, सोमवार

पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिबद्धता

२०७९,जेष्ठ,१२,बिहीवार २०:४२

90
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताए ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताए ।

पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले जनाए । नवनिर्वाचित महानगरपालिका प्रमुखले शपथग्रहणसँगै पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेका छन्।

मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापनलगायतका काममा संघीय सरकारबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाए ।

पोखराको सबैभन्दा ठूलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उनले बताए । पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता धनराज आचार्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार २०:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक

ललितपुर । जवालाखेलस्थित क्लिनिक वानले एकदिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरुष प्रजनन स्वास्थ्य

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले

काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट प्रतियोगिताकोमा सोमबार फाइनल प्रवेश गरेको छ । बागमती

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३