१३ असार २०७९, सोमवार

मकवानपुरको युवा परिषद् अध्यक्षमा सुमन पाख्रिन

२०७९,जेष्ठ,१२,बिहीवार १९:३४

135
Shares

हेटौंडा । जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् ।

जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् ।

प्रदेश सरकारले सातवटा जिल्लामा राजनीतिक आस्थाका आधारमा आफू निकटलाई अध्यक्षमा नियुक्त गरेको छ । बाँकी जिल्लामा सत्तारुढ गठबन्धनका सिफारिसको आधारमा नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१२,बिहीवार १९:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको

खोटाङ । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल

काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार

धनगढी । कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गर्दै कार लगेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई

ताजा समाचार