काठमाडौं महानगर-१६ को अध्यक्षमा मुकुन्द रिजाल निर्वाचित

लोकपथ
6.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका छन् ।

रिजालले ४ हजार १९ मतका साथ १६ को अध्यक्षमा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याए । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ।

रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ ।

काठमाडौं महानगर-१६ मा रिजालको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमार्फत जित हासिल गरेका रिजालले विकास निर्माणको कामलाई सक्रियता देखाएका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै रिजालले आगामी दिनमा अघिल्लो कार्यकालमा सुरु गरेर पूरा गर्न नभ्याएका कामसहित नयाँ कामको थालनी गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?