गुह्येश्वरी खोला किनारमा पुरुषको शव फेला

लोकपथ
949
Shares

काठमाडौं । गुह्येश्वरी खोला किनारमा एउटा शव भेटिएको छ । नयाँवस्तीको गुह्यश्वरी खोला किनारमा एक युवाको शव भेटिएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।

शव खोलाले बगाएर ल्याएको प्ररम्भिक अनुसन्धानबाट  प्रहरीले अनुमान लगाएको छ । यद्यपी, प्रहरीले शवको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरको टोली पनि घटनास्थाल पुगिसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?