पोखरालाई समृद्ध बनाउने काम गर्छौं : आचार्य

लोकपथ
156
Shares

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताएका छन् ।

पोखरा महानगरपालिकामा आज पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयी ¥यालीपछिको सभामा उनले शपथ र पदभार ग्रहणपछि चुनावी घोषणपत्रअनुसार नै कार्ययोजना बनाएर काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखराका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम बिहीबार बिहान राखेको छ । कार्यक्रममा प्रमुख आचार्यले भने, “समग्र पोखराको समृद्धिका लागि भोलिदेखि नै हामी कामको थालनी गर्नेछौँ, अनावश्यक उद्घाटन र कम महत्वका कार्यक्रममा समय व्यतित गर्ने छैनौँ ।”

प्रमुख आचार्यले महानगरमा एक महिनाभित्रमा सेवाग्राहीले सुधारको अनुभूति गर्नेगरी व्यवस्थितरूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?