स्थानीय तह निर्वाचन : बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत

लोकपथ
169
Shares

बैतडी । बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ४०८ मध्ये २९२ जना उम्मेदवारहरुले १० प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको हो ।

दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ । ४ जना नगर प्रमुखका उम्मेदवार र ३ जना उपप्रमुखकासहित वडा अध्यक्ष र सदस्यका गरी ९२ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिकामा पनि नगर प्रमुखका १ उपप्रमुखका १, वडा अधयक्षका १० र सदस्यका १४ जनागरी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
पुर्चौडी नगरपालिकामा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ । नगर प्रमुखका उम्मेदवार २ जना, उपप्रमुखका १ जना वडा अध्यक्षका ६ जना र १० जना सदस्यका उम्मेदवार गरी १९ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेलौली नगरपालिकामा ३ जना नगर प्रमुखका उम्मेदवार सहित ५६ जनाको जमानत जफत भएको छ ।

पञ्चेश्वर गाउँपालिकामा १ जना उपाध्यक्ष र ३ वडा सदस्यको गरी ४ जना उम्मेदवारको जमानत जफत भएको छ ।

डिलासैनी गाउँपालिकामा १८ जनाको धरौटी जफत भएको छ । पालिका अध्यक्षका उम्मेदवार २ जना, वडा अध्यक्षका ५ र वडा सदस्यका ११ जना गरी १८ जनाको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैतडीको सुर्नया गाउँपालिकमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष र ९ जना वडा अध्यक्ष तथा वडा सदस्य गरी ११ जनाको जमानत जफत भएको छ ।

शिवनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष १/१ जना, वडा अध्यक्षका पनि २ जना र ११ जना वडा सदस्यका गरी १५ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोगडाकेदार गाउँपालिकामा २५ जनाको उम्मेदवारको धरौटी जफत भएको छ । अध्यक्षका २ जना, उपाध्यक्षका १ जना, वडा अध्यक्ष ८ जना र १४ जना वडा सदस्यका उम्मेदवारकोगरी २५ जनाको जमानत जफत भएको हो ।

जिल्लाको सिगास गाउँपालिकामा पनि अध्यक्षका १ र उपाध्यक्षका पनि १, वडा अध्यक्षमा ७ र वडा सदस्यमा १७ गरी २६ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारले कुल खसेको मत मध्ये १० प्रतिसत भन्दा कम मत ल्याएकाहरुको धरौटी जफत हुने प्रावधान रहेको छ । बैतडीमा १ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?