काठमाडौं । महिनावारी दिवसको अवसर पारेर काठमाडौँमा बृहत साइकल र्याली हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने जानकारी गराइएको हो ।
‘विद्यालयमा महिनावारी’भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गर्न लागिएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए ।
बिहान साढे बजे बसन्तपुरबाट सुरु हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । र्यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने बताइएको छ ।
मंगलबजारमा हुने समापन कार्यक्रमलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया