११ उपमहानगर : कांग्रेस र स्वतन्त्र ३ स्थानमा विजयी, एक स्थानमा खुम्चियो माओवादी

लोकपथ
7.9k
Shares

काठमाडौं । देशकमा ११ उपमहानगरपालिमा मध्ये १० वटाको मत गणना सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । अब तुलसीपुर उपमहानगरपालिकाको मात्रै मत गणना सकिन बाँकी रहेको हो । अन्य उपमहानगर भन्दा तुलसीपुरको मत गणना केही दिन ढिलो गरी सुरु भएको थियो ।

यस्तो छ ११ वटौ उपमहानगरपालिकाको मत परिणाम : 

धनगढी उपमहानगरपालिका : 

धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६,८६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई १२,०४८ मतान्तरले पराजित गरेका हुन् । पराजित नृपबहादुर वडले १४,८१७ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कन्द्कलाकुमारी राना १५,४७९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०की उम्मेदवार शान्‍तिकुमारी अधिकारी क्षेत्रीले १२,६७० मत ल्याएकी छन् ।

हेटौंडा उपमहानगरपालिका : 

हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा २३,०७५ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार अनन्‍त प्रसाद पौडेललाई २,१६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्‍त प्रसाद पौडेलले २०,९०८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया ३२,५९३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सुमित्रा काफ्‍लेले २३,९०९ मत ल्याएकी छन् ।

बुटवल उपमहानगरपालिका : 

बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्‍डेय ३०,२४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३१ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२,७१८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २५,०६१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १७,०२३ मत ल्याएका छन् ।

नेपालगंज उपमहानगरपालिका :

नेपालगंज उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट २३,४६० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार पशुपति दयाल मिश्रालाई ११,७८५ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति दयाल मिश्राले ११,६७५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार कमरुद्दीन राई १७,९५० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शान्तिदेवी ढकालले १०,९१५ मत ल्याएकी छन् ।

धरान उपमहानगरपालिका : 

धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई २०,८२१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार किशोर राईलाई ४,७६२ मतान्तरले पराजित गरेका हुन् । पराजित किशोर राईले १६,०५९ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघा २०,५१० मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १७,६०६ मत ल्याएका छन् ।

इटहरी उपमहानगरपालिका :

इटहरी उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ३३,०४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई ५,०१८ मतान्तरले पराजित गरेका हुन् । पराजित यामकुमार चुङ्गवाङ सुब्बाले २८,०३१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी ३२,४३६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्‍टले १८,०३१ मत ल्याएका छन् ।

घोराही उपमहानगरपालिका :

घोराही उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार नरुलाल चौधरी ३१,७२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार हेमराज शर्मा पोख्रेललाई ५,३६० मतान्तरले पराजित गरेका हुन् । पराजित हेमराज शर्मा पोख्रेलले २६,३६८ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार हुमाकुमारी डिसी ३०,४०३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले ३०,३५४ मत ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका :

जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३,४६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गरेका हुन् । पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५,५२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार रुणादेवी झाले १०,८८५ मत ल्याएकी छन् ।

कलैया उपमहानगरपालिका : 

कलैया उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका विनोदप्रसाद साह निर्वाचित भएका छन् । उनले २४ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५ सय ४० मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा पनि नेपाल कम्युनिष्ट पार्टी एमालेका रौशन परविन निर्वाचित भएका छन् । उनले १९ हजार २ सय ५१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका प्रमोदप्रसाद गुप्‍ताले १८ हजार ३ सय २ मत ल्याए ।

जितपुर सिमरा उपमहानगरपालिका : 

जितपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार राजन पौडेल १८,७४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९६४ मतान्तरले पराजित गरेका हुन् । पराजित सरस्वतीदेवी चौधरीले १७,७७९ मत ल्याएकी छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी १७,४९२ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १५,८४२ मत ल्याएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका : 

तुलसीपुर उपमहानगरपालिकाको मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार टिकाराम खड्का ३० हजार ५ सय ६८ मतका साथ अग्रस्थानमा छन् । खड्कालाई पछ्याइरहेका नेपाली कांग्रेसका गेहेन्द्र गिरील%8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?