गठबन्धन गरेकोमा ३५ र नगरेकोमा ५० प्रतिशत पालिकमा कांग्रेसकाे जित

लोकपथ
38k
Shares

काठमाडौं । नेपाली कांग्रेसले यस पटकको स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामध्ये ३ सय ३८ पालिकामा विभिन्न राजनीतिक पार्टीसँग गठबन्धन गरेको थियो भने ४ सय १५ पालिकामा एक्लै लडेको थियो ।

३ सय ३८ पालिकामा विभिन्न राजनीतिक पार्टीसँग गठबन्धन गर्दा १ सय २० पालिकामा जित निकालेको कांग्रेसले ४ सय १५ पालिकामा एक्लै लड्दा भने २ सय २ पालिकामा जित निकाल्न सफल भयो ।

यसरी हेर्दा कांग्रेसले गठबन्धन गरेको स्थानमा भन्दा एक्लै चुनाव लडेको स्थानमा बढी जित निकालेको देखिएको छ ।

प्रतिशतमा हेर्ने हो भने गठबन्धन गरेका स्थानमा ३५ प्रतिशतको हाराहारीमा जित निकालेको कांग्रेसले एक्लै चुनावी मैदानमा उत्रिएको ५० प्रतिशत स्थानमा भने जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?