११ असार २०७९, शनिवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

२०७९,जेष्ठ,१०,मंगलवार १७:५९

2.313k
Shares

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ ।

कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पुर्‍याउने नीति लिएको हो ।

रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला सङ्‍घीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको हो ।

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ । गैंडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने पनि भएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने पनि सरकारले नीति लिएको राष्ट्रपति

विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताएकी छिन् । उनले खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने पनि बताइन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मूल्यवृद्धि विरुद्ध एक् साता लामो आन्दोलनको घोषणा गरेको छ । शुक्रबार

गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६