सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने

लोकपथ
234
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रुपमा ठूलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई नियमन गर्न खोजेको हो । सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?