११ असार २०७९, शनिवार

सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने

२०७९,जेष्ठ,१०,मंगलवार १७:५१

468
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ ।

केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो ।

त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।

सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने भएको छ ।

पृथ्वी राजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी गरिने भएको छ ।

तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मूल्यवृद्धि विरुद्ध एक् साता लामो आन्दोलनको घोषणा गरेको छ । शुक्रबार

गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६