११ असार २०७९, शनिवार

भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने

२०७९,जेष्ठ,१०,मंगलवार १७:४३

153
Shares

काठमाडौं । सरकारले सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत रामघाटमा प्रादेशिक विमानस्थल बनाउने जानकारी दिएकी हुन् ।

विभिन्न मुलुकमा नेपाली हवाई सेवा कम्पनीले सेवा प्रवाह गर्नका लागि सरकारले सम्झौता गर्ने पनि उनले बताएकी छन् । आर्थिक वर्ष २०८०/०८१ देखि निर्माण सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा तयार गरिने पनि भण्डारीले बताइन् ।

आगामी वर्ष चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगन्ज र धनगढीमा रहेको विमानस्थलमा सुविधाजनक टनेल निर्माण गर्ने, हवाई सेवालाई विस्तार र गुणस्तरीय बनाउने, हवाई क्षेत्रका सम्पूर्ण नियमहरु परिपालना गराउँदै अन्तर्राष्ट्रिय उडानका लागि नेपालका हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गर्ने नीति पनि सरकारले लिएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१०,मंगलवार १७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मूल्यवृद्धि विरुद्ध एक् साता लामो आन्दोलनको घोषणा गरेको छ । शुक्रबार

गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६