सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !

लोकपथ
273
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा केन्द्रीय सचिवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर, आकर्षक र व्यवस्थित बनाउने घोषणा गरेको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।

‘केन्द्रीय सचिवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर आकर्षक र व्यवस्थित बनाइनेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षमा जुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?