हुम्लामा २१ प्रतिशत मत बदर

लोकपथ
104
Shares

हुम्ला । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ । सात गाउँपालिका रहेको हुम्लामा स्थानीय तह निर्वाचन-०७४ मा भन्दा यसपटक चार प्रतिशतभन्दा बढीले मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

०७४ सालमा १६ प्रतिशत मत बदर रहेको थियो । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार २०।८९ प्रतिशत मत बदर भएको छ ।

स्थानीय निर्वाचन-०७९ मा कुल बदर मत १५.४६ प्रतिशत पद अनुसारको बदर मत सङ्ख्या रहे पनि पाँच दशमलव ४३ प्रतिशत सबै पदको मत बदर रहेको मुख्य निर्वाचन कार्यालयको भनाइ छ । कार्यालयले समग्रमा निकालेको बदर मत विवरणअनुसार सात वटै गाउँपालिकाको सातै पदमा कुल खसेको मत एक लाख ४९ हजार दुई सय ८३ मा २६ हजार नौ सय ५२ मत बदर भएको छ ।

बदर मत प्रतिशत औसतमा रहेको भए पनि कुनै मतदान केन्द्रका ३२ प्रतिशतसम्म बदर मत रहेको छ । पदअनुसार बदर मत पनि अध्यक्ष उपाध्यक्षमा कम छ । वडा अध्यक्ष र सदस्यहरूमा बढी मत बदर रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?