आजबाट निर्वाचन आचारसंहिता हट्यो

लोकपथ
156
Shares

काठमाडौं । निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागु नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागु उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागु नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?