तनहुँमा दलित समुदायका दुई उपप्रमुख विजयी

लोकपथ
1.3k
Shares

तनहुँ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् ।

जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतामे सो पदमा निर्वाचित भएका हुन् । विक नेकपा (माओवादी केन्द्र) र गोतामे नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । मतगणना पश्चात ६ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उनले भने, ‘उक्त अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?