देशभरको अपडेट : एमाले भन्दा १२२ बढी ठाउँमा कांग्रेसले जित्यो प्रमुख

लोकपथ
8.2k
Shares

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम आएका मध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये ३२२ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले २०० स्थानीय तहको प्रमुख जित्न सफल भएको छ ।

१२० वटा स्थानीय तहको प्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म २९ वटा स्थानीय तहको प्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म १८ वटा स्थानीय तहको प्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म १६ स्थानीय तहको प्रमुख जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?