भरतपुर महानगर : मतगणना नसकिँदै रेनु दाहाल मेयरमा विजयी

लोकपथ
871
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् । भरतपुरमा ११ हजार १ सय ७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् ।

भरतपुरको १ लाख २७ हजार ८३९ मत मध्ये १ लाख १६ हजार ६ सय ६६ गणना भइसकेको छ । त्यती मत गन्दा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् ।

दाहाल र सुवेदीको मतान्तर ११,४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४२६३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?