दाङ जिल्ला समन्यन समितिमा कांग्रेसको स्पष्ट बहुमत

लोकपथ
1.1k
Shares

दाङ । स्थानीय तह निर्वाचन २०७९को दाङमा स्थानीय तहको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेको छ । नौ स्थानीय तहको नजिता सार्वजनिक भइसकेको छ भने एक स्थानीय तहको मतगणना जारी रहेको छ । दाङमा काग्रेस पहिलो शक्ति बनेको छ ।

जिल्लामा सार्वजनिक भएको नजिता अनुसार जिल्ला समन्यन समितिमा नेपाली कांग्रेसको सतप्रतिसत प्रतिनिधित्व हुने देखिएको छ । १० स्थानीय तहमा काग्रेस जिल्लामा पहिलो बन्दै अहिलेसम्म १२ जना प्रमुख-उपप्रमुख जितेको छ । १२ प्रतिनिधि जितेको काग्रेस समन्वय समिति गठनका लागि प्रष्ट बुहमत देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिनाण आउन बाँकी रहदै काँग्रेस जिल्लामा स्पष्ट बहुमतमा देखिएको हो । र पहिलो शक्तिको रुपमा कम्ब्याक भएको छ ।

कांग्रेसले एकल रुपमा निर्वाचनमा गएर बबई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष-उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष- उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष-उपाध्यक्ष, लमही नगरपालिकामा नगरप्रमुख-उपप्रमुख जितेको छ । त्यसै बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेर नेपाली कांग्रेस दाङमा बहुमतमा देखिएको हो ।

माओवादी केन्द्रले तीन स्थानीय तहमा प्रमुख जितेको छ । बंगलाचुली गाउँपालिकामा अध्यक्ष, राप्ती गाउँपालिकामा अध्यक्ष र गढवा गाउँपालिकामा अध्यक्षमा जितेको छ । त्यसै गरेर नेकपा एमालेले घोराही उपमहानगरपालिका प्रमुख उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । यसरी हेदौ पनि एमाले माओवदी एक ठाउँमा जादा समेत कांग्रेस दाङमा पालिकामा बहुमतमा देखिएको छ । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणण जारी रहेके छ । यहाँ दुबै पदमा एमालेका उम्मेदवार अगाडी देखिएका छन ।

जिल्लामा निर्वाचनमा जादा माओवादी, काग्रेसल लगायतको तीन स्थानीय तहमा गठबन्धन गरेका थिए । बंगला चुली बाहेकका स्थाननमा गठबन्धनले जित्न सकेन । माओवादी राजमो, एकिकृत समाजवादीले राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा चुनावी गठबन्धन गरेका थिए । त्यँहा प्रमुख माओवादीले जितेको छ भने गठबन्धनको उपाध्यक्षले पराजित भएको छ । अन्य पालिकामा भने सबै राजनीतिक दल एकल रुपमा निर्वाचनमा गएको देखिन्छ ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जिल्लामा काग्रेसको स्पष्ट बहुमत देखिएको भए पनि समन्वय समितिको विषयमा छलफल नभएको बताए । उनले तुलसीपुर उपमहानगरपालिकाको नतिजा आइ सकेपछि निर्णय लिइने बताए । अहिले यो विषयमा छलफल नभएको डाँगीले बताए । उनले गठबन्धको जिल्लाको अवस्था र केन्द्रको निर्देशन अनुसार जिल्लामा निर्णय लिइने बताए । उनले समन्वय समितिका छलफल गरेरका टुङगोमा लगाउने र कसरी जाने भन्ने पनि २-३ दिन पछि मात्रै थाहा हुने बताए । जितेको हैसियत अनुसार पदीय जिम्मेवारी समन्वयमा हुन सकने संकेत सभापति डाँगीले गरे ।

माओवादी केन्द्रका जिल्ला सह इन्चार्ज निर्मल आचार्यले समन्वय समितिको लागि कांग्रेस सविधा युक्त बहुमतमा रहेको आफनो दावी नरहेको बताए । उनले कांग्रेसले भूमिकाले र निर्णयले गठबन्धनको समन्वयमा सहभागिता जोडने बताए । काग्रेसले समेटन खोजेमा हामी तयार छौ, उनले भने, काग्रेस एक्लै जान खोजे उसंग सुविधाजनक बहुमत छ, हामीले दावी गर्ने ठाउँ छैन । सामान्य यो विषयमा छलफल भएको तर उपमहानगरको नतिजा नआउँदा सम्ममा निर्णय नहुने उनले बताए । उनले जीतको आधारमा सहभागिता हुने अवस्था आउने र गठबन्धन नटुटने जिकिर गरे ।

केन्द्रको नीति अनुसार जिल्लामा गठबन्धन कायम रहने विश्वास राखिएको छ । भने एमाले एक्लै जाने देखिन्छ । जिल्ला समन्वय समितिको निर्वाचनमा २० मत रहेको छ । त्यसमा १२ काग्रेसले जितिसकेको छ । भने माओवादी केनद्रले ३ र एमालेले ३ जिति सकेको अवस्थगा छ । तुलसीपुरको दुई पदमा मतगणना जारी रहेको छ । अन्तिम परिणाम आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?