काठमाडौं । हवाई इन्धनको मुल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् ।
बढेको भाडा आगामी जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।
संघका अनुसार काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ ।
यस्तै, काठमाडौं–पोखरा ६ हजार ३०५ रुपैयाँ काठमाडौं भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया