काठमाडौं । तुलसीपुर उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार टिकाराम खड्का २१ हजार ६ सय ८७ मतका साथ अग्रस्थानमा छन् ।
खड्कालाई पछ्याइरहेका नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १९ हजार ९ सय २० मत ल्याएका छन् । खड्काले कांग्रेसका गिरीसँग १ हजार ७ सय ६७ मतको मतान्तर बनाएका छन् ।
त्यस्तै, उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी स्यानी चौधरीले २१ हजार १ सय ९४ मत पाएकी छिन् । चौधरीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जोगबहादुर राना मगरले १४ हजार १ सय ९४ मत पाएका छन् । उनीहरुबीच ७ हजार मतको मतान्तर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया