११ असार २०७९, शनिवार

सर्लाहीमा एमालेलाई एक पालिका

२०७९,जेष्ठ,९,सोमवार ११:२३

153
Shares

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी हुन् । कटुवालकोे जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पाएको छ । जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले ५ हजार ६०७ मतान्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् ।

मेयरमा निर्वाचित कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाए र पराजित हुन पुगे । निर्वाचित कटुवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा महतोसँगै पराजित भएकी थिइन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले २ हजार ७८४ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई पराजित गरे । उपप्रमुखमा निर्वाचित साहले ९ हजार ९०१ मत प्राप्त गर्दा निकटतम दाहालले ७ हजार ११९ मतमात्र प्राप्त गरिन् ।

यस्तै बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक/ एक जना विजयी भएका छन् ।

योसँगै जिल्लामा नेपाली कांग्रेसले १२ पालिकामा विजयी भएको छ । माओवादी केन्द्र ४ पालिकामा र जनता समाजवादी दुई पालिकामा र लोकतान्त्रिक समाजवादी र नेकपा एमाले एकरएक पालिकामा विजयी भएका हुन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार ११:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन नसकिएसम्म कुनै पनि राजनीतिक दलले जनप्रतिनिधिहरु राखेर कुनै पनि प्रकारका भेला नगराउन

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६