११ असार २०७९, शनिवार

हेटौँडाका जनप्रतिनिधिले लिए शपथ

२०७९,जेष्ठ,९,सोमवार ११:०५

108
Shares

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार एक कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौँडाको मेयर मीना कुमारी लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । लामाले शपथ लिएलगत्तै उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई शपथ गराएकी थिइन् ।

शपथ ग्रहणपछि हेटौँडा- ११ मा रहेको सहिद स्मारकमा रहेर सहिदहरूको सम्मान गर्ने र सबै वडामा पदभार ग्रहण गर्ने तालिका रहेको छ ।

शपथ ग्रहणपछि बोल्दै मेयर लामाले जनभावनाअनुसार काम गर्ने बताइन् । उनले चुनावअघि घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्दै हेटौँडालाई समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन नसकिएसम्म कुनै पनि राजनीतिक दलले जनप्रतिनिधिहरु राखेर कुनै पनि प्रकारका भेला नगराउन

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६