११ असार २०७९, शनिवार

राउण्ड टेबल नेपालले अटिजम भएका बालबालिकाका लागि काठमाडौं उपत्यकामा छुट्टै विद्यालय निर्माण गर्दै

२०७९,जेष्ठ,९,सोमवार ११:०३

360
Shares

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ ।

स्कुल फर स्पेशल नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गरिने बताइएको छ ।

आगामी असार ४ अर्थात जुन १८, २०२२ को शनिबार पाँच तारे होटल, दि मल्ल होटलमा एक विशेष कार्निभल आयोजना गरिने भएको हो । ‘‘जुन वियर कार्निभल”को नाममा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारिवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको बताइएको छ । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफू हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले युवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो । यस कार्यक्रमबाट भएको आम्दानीको शतप्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताएका छन् । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागि काम गर्ने हाम्रो योजनाको बृहत्तर योजनाको यो पहिलो पाईला भएको बताउँदै अध्यक्ष्य केडियाले थप विभिन्न कार्यक्रमहरु भविष्यमा गरिने योजना रहेको समेत बताए ।

किन बच्चाको शिक्षाका लागि किन वियर फेष्टिभल ?

आजका युवालाई बालबालिकासँग जोड्न सजिलो छैन त्यसमाथि पनि डाउन सिन्ड्रोम तथ अटिजम जस्तो विशेष अवस्था भएका बालबालिका सन्दर्भमा यूवालाई चेतनशिल बनाउन पर्याप्त संसाधनहरु नभएको परिप्रेक्ष्यमा यूवाको रोजाईमा पर्ने विषय सँग जोड्ने प्रयत्न गरिएको हो । जसमा खान, पेय र पारिवारीक मनोरञ्जन एकसाथ आउने छन् ।

के हो राउण्ड टेबल नेपाल ?

सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि. के. गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । युवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सदैव तत्पर रहँदै आएको छ । ३६ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुनेगरी नेपाल भरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको राउण्ड टेबलले संचालनमा ल्याने परियोजना स्कुल फर स्पेशल आफ्नो फ्रिडम थ्रु एजुकेशनकै एक्सटेन्सन हो ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार ११:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६