माओवादीले १४ जिल्लामा न प्रमुखमा जित्यो न त उपप्रमुखमा नै !

लोकपथ
4.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशका १४ जिल्लामा कुनै पनि प्रमुख/उपप्रमुख पदमा जित निकाल्न सकेन । १२ जिल्लामा भने उपप्रमख मात्र जितेको छ । यसरी हेर्दा माओवादीले २६ जिल्लामा प्रमुख पद जित्न नसकेको देखिन्छ । अर्थात् देशको एक तिहाई स्थानमा माओवादीको प्रभाव त्यती धेरै नभएको बुझिन्छ ।

माओवादी केन्द्रले कुनै पनि प्रमुख/उपप्रमुख पद जित्न नसकेका जिल्लामा इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रूपन्देही र बाजुरा गरी १४ जिल्ला रहेको छ ।

त्यस्तै उपप्रमख मात्र जितेको जिल्लामा तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तु रहेको छ । यहाँ माओवादीले कुनै पनि पालिकामा प्रमुख पदमा जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?