११ असार २०७९, शनिवार

हेटौंडामा लागुऔषधसहित तीन जना पक्राउ

२०७९,जेष्ठ,८,आईतवार १६:१३

135
Shares

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौंडा-११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १४ प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी, हेटौंडा-४ पारिजातपथबाट ४५ ट्याब्लेट नाइट्रोभेटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंंडा-५ शान्तिनगरका १९ वर्षका युवराज चौलागाईं छन् । पैदल हिँडिरहेका उनको शरीर खानतलासीको क्रममा ४५ ट्याब्लेट नाइट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै प्रहरीचौकी हेटौंडा बसपार्कको टोलीले लागुऔषध नुर्फिन, डाइजेपाम, फेनार्गन र नाइट्रोभेटसहित बकैया-४ घर भई हेटौंडा-११ मा डेरा गरी बस्दै आएका ३३ वर्षीय लक्ष्मण घलानलाई पक्राउ गरेको छ ।

घलानको झोला खानतलासीको क्रममा लागुऔषध नुर्फिन, डाइजेपाम र फेनार्गन एक-एक सय एम्पुल र नाइट्रोभेट १०५ ट्याब्लेट फेला परेको जिल्ला डीएसपी कार्कीले बताए ।

लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,८,आईतवार १६:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

काठमाडाैं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा बाणिज्य र

ललितपुर । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्

सप्तरी । जिल्ला समवन्य समिति सप्तरीको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६